खर्बपति क्लबमा गौतम अदानीको कमब्याक
नयाँ दिल्ली । सन् २०२४ भारतीय व्यापारी गौतम अदानीका लागि शानदार साबित भइरहेको छ । एकातिर अमेरिकी शर्ट सेलिङ कम्पनी हिंडनबर्गले अदानी गु्रपमाथि लगाएका सबै आरोपहरु हटेको छ भने अर्को तर्फ अदानीको सम्पत्ति उकालो लागिरहेको छ । कम्पनीको शेयर मूल्यमा भइरहेको वृद्धिसँगै अदानी एक पटक फेरि खर्बपतिहरुको क्लबमा प्रवेश गरेका छन् ।
कअमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गको रियल टाइम बिलेनियर्स इन्डेक्सका अनुसार अदानीको नेटवर्थ १ खर्ब डलरमाथि उक्लिएको छ । सूचीका अनुसार गएको २४ घण्टामा अदानीको नेटवर्थ २ अर्ब ७३ करोड डलरले बढेर १ खर्ब १ अर्ब डलरमा उक्लिएको छ । यो वर्षको अहिलेसम्मको अवधिमा उनको नेटवर्थ १६ अर्ब ४० करोड डलर थपिएको छ ।
नेटवर्थमा भएको पछिल्लो वृद्धिसँगै अदानी अर्बपतिहरुको सूचिमा २ स्थान माथि उक्लिएर १२ औं स्थानमा पुगेका छन् । सूचीमा अर्का भारतीय खर्बपति मुकेश अम्बानी भने १ खर्ब ८ अर्ब डलर नेटवर्थसहित ११ औं स्थानमा छन् । गएको २४ घण्टामा अम्बानीको नेटवर्थ पनि १ अर्ब १० करोड डलरले बढेको छ । गएको वर्ष हिंडनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अदानीको नेटवर्थ ६० अर्ब डलरले घटेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण