टेस्टमा नम्बर-१ बन्ने पहिलो भारतीय तीव्र गतिका बलर बने बुमराह
नयाँ दिल्ली । जसप्रित बुमराह आईसीसीको टेष्ट बलर वरीयतामा नम्बर १ बलर बनेका छन् । योसँगै उनी टेष्टमा नम्बर १ वरीयतामा पुग्ने पहिलो भारतीय तीव्र गतिका बलर बनेका छन् ।
उनले इंग्ल्याण्डविरुद्धको पहिलो दुई टेस्टमा उत्कृष्ट बलिङको फाइदा उठाएका थिए । योसँगै अफ स्पिनर रविचन्द्रन आश्विन २ स्थान गुमाएर तेस्रो स्थानमा पुगेका छन् । दोस्रो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा छन् ।
अब शीर्ष ५ टेस्ट अलराउन्डरमा ३ भारतीय छन् । जबकि विराट कोहली २ टेस्ट नखेले पनि शीर्ष १० ब्याट्सम्यानमा परेका एकमात्र भारतीय हुन्।
यसअघि डिसेम्बर १९७९ देखि फेब्रुअरी १९८० सम्म कपिल देवको नाममा भारतीय फास्ट बलरले हासिल गरेको शीर्ष टेस्ट वरीयता थियो। त्यस्तै, जहीर खान पनि अक्टोबर-नोभेम्बर २०१० मा तेस्रो नम्बरमा थिए।
जसप्रित बुमराहले इंग्ल्याण्डको घरेलु टेस्ट सिरिजको पहिलो २ खेलमा १५ विकेट लिएका छन् । उनले पहिलो टेस्टमा ६ विकेट र दोस्रो टेस्टमा ९ विकेट लिएका थिए । उनी दोस्रो खेलको प्लेयर अफ दि म्याच समेत बने ।
बुधबार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरियतामा बुमराहले ३ स्थान उक्लिएका थिए । उनले अस्ट्रेलियाका प्याट कमिन्स, अश्विन र रबाडालाई पछि पार्दै शीर्ष स्थानमा पुगेका हुन् । बुमराहको हाल ८८१ रेटिङ अंक छ, जुन उनको करियरकै उत्कृष्ट हो।
तीनै ढाँचामा नम्बर-१ बन्ने पहिलो भारतीय
बुमराह हाल एकदिवसीय बलरमा छैटौँ र टी-२० बलरको बरियतामा १००औँ स्थानमा छन्। तर अन्य दुई ढाँचामा पनि उनी नम्बर एकमा रहिसकेका छन्। योसँगै उनी तीनै ढाँचामा नम्बर १ स्थान हासिल गर्ने पहिलो भारतीय बलर बनेका छन् ।
३० वर्षीय बुमराहले ३४ टेस्टमा १५५ विकेट लिएका छन् । उनको नाममा १० पटक एक इनिङमा ५ वा सोभन्दा बढी विकेट लिने रेकर्ड छ । उनले ८९ एकदिवसीय खेलमा १४९ विकेट लिएका छन् । उनको नाममा ६२ टी–२० खेलमा ७४ विकेट रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026