निर्देशक समाजको चेतावनी– ‘चलचित्र कार्यविधि फिर्ता नभए गम्भीर परिणाम निम्तिन्छ’
काठमाडौँ । चलचित्र सेन्सर बोर्डले ल्याउन लागेको कार्यविधिले चलचित्र निर्माणको भविष्यमाथि नै गम्भीर असर पुग्ने चलचित्र निर्देशक समाजले बताएको छ । जङ्गबहादुरकालीन मुलुकी ऐनलाई समेत बिर्साउने गरी थपिएका प्रावधानले चलचित्र निर्माणको सौन्दर्य र संविधानले प्रदत्त गरेको अभिव्यक्तिको स्वतन्त्रता माथि पनि कार्यविधिले बन्देज लगाउने ठहर समेत समाजले गरेको छ ।
निर्देशक समाजले एक विज्ञप्ति जारी गर्दै प्रस्तावित कार्यविधि नेपालको संविधानको धारा नम्बर २ मा रहेको विचार तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी बुँदाको विपरीत रहेको समेत बताएको छ ।
‘सञ्चार मन्त्रालयले चलचित्र सम्बन्धी सङ्घ–संस्थालाई साक्षीको रूपमा बोलाउने र सङ्घसंस्थाले दिएको सुझावलाई बेवास्ता गरी आफूखुसी कार्यविधि बनाउने कुराको पनि भर्त्सना गर्दछ’, अध्यक्ष जनकदीप पराजुलीद्ववारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ- ‘सरोकारवाला संस्थाका सुझावलाई बेवास्ता गरी ल्याइन लागेको चलचित्र जाँच कार्यविधि सरकारले अविलम्ब फिर्ता नगरे यसले गम्भीर परिणाम निम्त्याउने कुरामा सचेत रहन सम्बन्धित सबै पक्षमा आग्रह गर्दछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण