सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

५ अंकले बढ्यो नेप्से, ३ अर्ब २१ करोडको कारोबार

बिहीबार, २५ माघ २०८०, १५ : २३
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक पौने ५.७४ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । 

आज कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लिएको छ । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख ५० हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो । 

सबैभन्दा बढी आज पनि हिमालयन रिइन्स्योरेन्सको १८ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने चन्द्रागिरि हिल्सको ८ करोड ७६ लाख ५२ हजार रुपैयाँ बराबरको र अपी पावर कम्पनीको ७ करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आज बैंकिङ, जीवन बीमा, मुचुअल फन्ड र अन्य समूहको उपसूचक बाहेक बाँकी ११ वटै उपसूचक धनात्मक भएका छन् । १५७ कम्पनीको सेयर मूल्य बढ्दा आज ८२ वटाको मूल्य घटेको छ । 

आज समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को मूल्य ९.९७ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप