सुन आयोगमा महराले दिए डेढ घण्टा बयान
काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी जाँचबुझ आयोगमा बयान दिएका छन् । आयोग स्रोतका अनुसार महराको बयान सकिएको छ ।
सिंहदरबारस्थित सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा महराले डेढ घण्टा बयान दिएर फर्केका छन् । बिहीबार बयान दिन पुगेको भवनमा उनी गृहमन्त्री भएर काम गरेका थिए । आयोगका पदाधिकारीहरुले महरासँग इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी भएको घटनामा उनको संलग्नताबारे प्रश्न गरेका छन् ।
सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ उनले यसअघि सीआईबीका अनुसन्धान अधिकृतहरुसँग बताएका थिए ।
चिनियाँ सुन तस्कर दाओजिन वाङ्गसँग आफ्नो पुरानो चिनजान रहेको महराले सार्वजनिक रुपमा नै स्विकार्दै आएका छन् । २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड–०५८७ बाट नेपाल आएका चिनियाँ नागरिक लि हासोङ्गले दुईवटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण