एकै पटक २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप छ ।
जोशी लगायत पदाधिकारीले नक्कली भुक्तानी रसिद बनाएर समितिको प्लट घडेरी आफन्त लगायतको नाममा नामसरी गरेको अरोप आयोगको छ । आयोगले अध्यक्ष जोशीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ बमोजिम विगो असुल उपर हुनेगरी दुई करोड १२ लाख ४० हजार ९ सय ४४ रुपैँया जरिवाना र सोही ऐनको दफा ११ अनुसार थप सँजायको मागदावी लिएको छ ।
आयोगले समितिका अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मी, समितिको बोर्ड बैठकले गठन गरेको उपसमितिका संयोजक गणेसिंह रावल लगायत ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि रेग्मीले प्राप्त प्रमाणका आधारमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण