बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एकै पटक २४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहीबार, २५ माघ २०८०, १७ : १९
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीस्थित टिकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित २४९ जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले सार्वजनिक जग्गा व्यक्तिको नाममा हस्तान्तरण गरेर गैरकानुनी लाभ उठाइ हानीनोक्सानी पुर्याएको आरोप छ । 

जोशी लगायत पदाधिकारीले नक्कली भुक्तानी रसिद बनाएर समितिको प्लट घडेरी आफन्त लगायतको नाममा नामसरी गरेको अरोप आयोगको छ । आयोगले अध्यक्ष जोशीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा १ बमोजिम विगो असुल उपर हुनेगरी दुई करोड १२ लाख ४० हजार ९ सय ४४ रुपैँया जरिवाना र सोही ऐनको दफा ११ अनुसार थप सँजायको मागदावी लिएको छ ।

आयोगले समितिका अर्का तत्कालीन अध्यक्ष ललित ताम्राकार, धीजराज रेग्मी, समितिको बोर्ड बैठकले गठन गरेको उपसमितिका संयोजक गणेसिंह रावल लगायत ६ जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता नरहरि रेग्मीले प्राप्त प्रमाणका आधारमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप