रुसमा राष्ट्रपति निर्वाचन : पुटिनका प्रतिद्वन्द्वीको उम्मेदवारी खारेज
मस्को । रुसमा आगामी महिना राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । यो चुनावमा भ्लादिमिर पुटिनलाई चुनौती दिँदै आफूविरुद्ध उठेका बोरिस नादेज्दिनको उम्मेदवारी खारेज भएको छ । त्यहाँको निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै नादेज्दिनले सामाजिक सञ्जालमा बताएका थिए ।
पुटिनले युक्रेनमा छेडेको युद्धको बोरिस कट्टर विरोधी र आलोचक थिए । निर्वाचन आयोगका अनुसार नादेज्दिनको आवेदन फारममा १५ प्रतिशत हस्ताक्षरमा गडबडी छ । नादेज्दिनले निर्वाचन आयोगको यो दाबीलाई चुनौती दिने प्रयास गरेका थिए । तर आयोगले उनको उम्मेदवारी अस्वीकार गरिदियो ।
आफूले हार नमानेको अनि आयोगको यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिने नादेजदिनले सामाजिक सञ्जालमा भनेका छन् । ‘मैले रुसभरबाट २ लाखभन्दा बढी हस्ताक्षर सङ्कलन गरेको थिएँ । हामीले यो सबै पूरा इमानदारी र पारदर्शिताका साथ गरेका थियौँ’ उनले भनेका छन् ।
नादेज्दिनले सङ्कलन गरेका हस्ताक्षरमध्ये ९ हजारभन्दा बढी अवैध रहेको केन्द्रीय निर्वाचन आयोगको दाबी छ । उनको निवेदनमा जम्मा ९५ हजार ५८७ हस्ताक्षर मात्रै वैध थिए । उम्मेदवार बन्न कम्तीमा एक लाख हस्ताक्षर चाहिएको थियो ।
रुसमा यही मार्च १५ देखि १७ को बीचमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा को–को उम्मेदवार बन्दैछन् भन्ने अन्तिम निर्णय शनिवार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण