सुर्यदर्शन सहकारीको संचालक समिति सदस्य प्रमोद भट्टराई पक्राउ
काठमाडौँ । पोखरास्थित सुर्यदर्शन सहकारीको संचालक समितिका एकजना सदस्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षका प्रमोद भट्टराई छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरेर गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।
सुनसरीको इनरुवा नगरपालिका–५ घर भएका भट्टराई सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान थालेपछि फरार भएका थिए । उनलाई कास्की लगिएको छ ।
निक्षेपकर्ताको रकम हिनामिना गरेको कसुरमा सुर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेल सहित पक्राउ पर्नेको संख्या ५ पुगेको छ । सुर्यदर्शन सहकारी पोखरा महामहानगरपालिका वडा नम्बर–५ मा अवस्थित छ ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध ईन्टरपोलबाट डिफ्युजन जारी गरिएको छ । आरोपीहरुले बचतकर्ताको १ अर्ब ८ करोड रकम हिनामिना गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
-
काठमाडाैँ महानगरद्वारा शिक्षण अस्पताललाई उपकरण प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण