शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सुर्यदर्शन सहकारीको संचालक समिति सदस्य प्रमोद भट्टराई पक्राउ

बिहीबार, २५ माघ २०८०, २१ : ५८
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । पोखरास्थित सुर्यदर्शन सहकारीको संचालक समितिका एकजना सदस्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षका प्रमोद भट्टराई छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय गरेर गोकर्णेश्वर नगरपालिकाबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले रातोपाटीलाई बताए ।

सुनसरीको इनरुवा नगरपालिका–५ घर भएका भट्टराई सहकारीको रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान थालेपछि फरार भएका थिए । उनलाई कास्की लगिएको छ ।

निक्षेपकर्ताको रकम हिनामिना गरेको कसुरमा सुर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेल सहित पक्राउ पर्नेको संख्या ५ पुगेको छ । सुर्यदर्शन सहकारी पोखरा महामहानगरपालिका वडा नम्बर–५ मा अवस्थित छ ।

सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध ईन्टरपोलबाट डिफ्युजन जारी गरिएको छ । आरोपीहरुले बचतकर्ताको १ अर्ब ८ करोड रकम हिनामिना गरेको आरोप छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप