यू–१९ विश्वकप क्रिकेट : भारत र अस्ट्रेलियाबिच उपाधि भिडन्त, जिम्बाबेभन्दा अगाडि नेपाल
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि साबिक विजेता भारत र अस्ट्रेलियाबिच भिडन्त हुने भएको छ । फाइनल खेल आइतबार खेलिने छ ।
दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानमाथि एक विकेटको रोमाञ्चक जित हासिल गर्दै अस्ट्रेलिया फाइनलमा पुगेको हो । त्यसअघि पहिलो सेमिफाइनल खेलमा भारतले आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराएको थियो ।
दोस्रो सेमिफाइनलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४८.५ ओभरमा अलआउट हुनुअघि एक सय ७९ रन बनाएको थियो । पाकिस्तानका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए ।
अजान अवाइस र अराफात मिनहसले ५२–५२ रन बनाए । अस्ट्रेलियाका बलर टम स्ट्राकर एक्लैले ६ विकेट लिए । उनले ९.५ ओभरमा एक मेडन राख्दै २४ रन खर्चिएका थिए । उनी म्यान अफ दी म्याच पनि घोषित भए ।
जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले ४९.१ ओभरमा नौ विकेट गुमाएर एक सय ८१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । अस्ट्रेलियाका लागि ओपनर ब्याट्सम्यान ह्यारी डिक्सनले ५० रन बनाएका थिए ।
ओलिभर पिकले पनि ४९ रन बनाए । टम क्याम्पबेलले २५ रन जोडे । रफ म्याकमिलनले अविजित १९ रन बनाए । पाकिस्तानी बलर अली राजाले चार र अराफात मिनहसले दुई विकेट लिए ।
प्रतियोगितामा नेपालसहित १६ राष्ट्रले सहभागिता जनाएको थियो । नेपाली टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणसम्म पुगेको थियो । समूहगत चरणको खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराएको थियो ।
समग्रमा यू–१९ विश्वकपमा नेपाली टोली ११औँ भएको छ । जिम्बाबे, अफगानिस्तान, स्कटल्यान्ड, नामिबिया र अमेरिका क्रमशः १२औँदेखि १६औँ स्थानमा रहे । प्रतियोगिताको फाइनलमा विजयी हुने टोली पहिलो र पराजित हुने टोली दोस्रो हुनेछन् ।
पाकिस्तान तेस्रो, दक्षिण अफ्रिका चौथो र वेस्ट इन्डिज पाँचौँ भए । इङ्ल्यान्ड, बंगलादेश, श्रीलंका, आयरल्यान्ड र न्युजिल्यान्ड क्रमशः छैटौँदेखि १०औँ स्थानमा रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण