पार्टीलाई समृद्ध बनाउन संगठन विस्तार गरेर मात्र पुग्दैन : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद प्रदीप पौडेलले पार्टीलाई समृद्ध बनाउनका लागि संगठन विस्तार गरेर मात्र नपुग्ने बताएका छन् ।
नेपाली कांग्रेसको काठमाडौं जिल्ला अधिवेशनलाई सम्वोधन गर्दै सांसद पौडेलले पार्टीलाई समृद्ध बनाउन संगठन, सदस्यतासँगै सन्देश पनि सकारात्मक दिनुपर्ने बताए ।
उनले भने, ‘काठमाडौं जिल्लामा वडा, पालिका र संघीय संसदमा पनि अरु पार्टीभन्दा नेपाली कांग्रेस अगाडि छ । तर, संगठन विस्तारले मात्रै पार्टीलाई समृद्ध बनाउन नसँकिदो रहेछ । संगठन सदस्यतासँगै सन्देश पनि सकारात्मक दिन सक्नुपर्ने रहेछ । पार्टी नेतृत्वले के गर्छ, त्यही आधारमा काठमाडौं महानगरपालिकाका सदस्यहरुले मानसिकता बनाउँदा रहेछन् । हाम्रो पार्टीले के विषयमा के दृष्टिकोण प्रस्तुत गर्यो त्यही आधारमा यहाँका नागरिकहरुले मानसिकता बनाउँदा रहेछन् । ’
संसदमा बसेर नेपाली कांग्रेसले गरेका कामको आधारमा जनताले मानसिकता बनाउने भन्दै पौडेलले काठमाडौंमा पार्टीको दायरा बढाएर काम गर्नुपर्ने बताए ।
नेपाली कांग्रेसले राख्ने विषयवस्तु समेत आम जनताले रुचाउने खालको हुनुपर्ने पौडेलको भनाई थियो । कुनैबेला संकटमा रहेको अथतन्त्र माथि उकास्न कांग्रेसले महत्वपूर्ण भूमिको खेलेको पौडेलले बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले नेपालकाने आर्थिक स्थिति सुधार्न महत्वपूर्ण भूमिका खेलेको छ । अथतन्त्रसँग जुध्न कांग्रेसको विकल्प कसैले पनि दिन आर्थिक नीति ल्याउन सकेका छैनन् । ’
२०४८ सालको तुलनामा भौतिक विकास बढी भएपनि यहि अन्त्य नभएको नेता पौडेलको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
-
इरानलाई हतियार बिक्री नगर्न रुस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण