१५ लाख घुससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुससहित पक्राउ परेका बादेविरुद्ध शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा उनी गत माघ ३ गते रंगेहात पक्राउ परेका थिए ।
‘अनुसन्धानको सिलसिलामा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु।१५,००,०००।– (पन्ध्र लाख रुपैयाँ) घुस–रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५,००,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण