रेखाले भनिन्, ‘फिल्म युनिटको सुझावपछि अमेरिका आएँ’
काठमाडौँ । अभिनेत्री रेखा थापा अहिले अमेरिका छिन् । पहिलो सन्तानलाई जन्मदिन उनी केही अगाडि अमेरिका पुगेकी हुन् । यहीबिचमा उनको निर्माण तथा अभिनय रहेको फिल्म ‘उपहार’ फागुन २५ गतेबाट प्रदर्शनमा आउँदै छ । त्यसैले अमेरिकाबाटै उनले फिल्मको प्रचार गरिरहेकी छन् ।
यस्तैमा रेखाले अमेरिकामा एक अन्तवार्ताका क्रममा ‘उपहार’ अहिले बजारमा आएको भन्दा भिन्न रहेको दाबी गरेकी छन् । ‘म ग्यारेन्टी गर्छु कि ‘उपहार’ले मन तृप्त बनाउँछ’, उनले भनिन् ‘बल्ल फिल्म हेरियो भन्ने लाग्नेछ ।’ उनले नेपाली फिल्म राम्रो बनिरहेको र तिनमा पनि आफ्नो राम्रो भएको बताएकी छन् ।
सन्तान जन्माउन उनी अमेरिका गएको विषयमा नेपालमा नेतादेखि सर्वसाधारणसम्मले विभिन्न टीकाटिप्पणी गरिरहेका छन् । फिल्म रिलिजको बेला धेरै नै चटारो र तनाव हुने र गर्भावस्थामा त्यो स्वास्थ्यका लागि राम्रो नहुने फिल्म टिमको सुझावपछि आफू अमेरिका आएको उनले बताएकी छन् ।
रेखाको निर्माण अभिनय रहेको ‘उपहार’ ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । फिल्ममा रेखाको अलवा पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाल, तेज गिरी, समर्पण जंग कार्कीलगायतको अभिनय छ ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजा निर्माता रहेका छन् । फिल्मको कार्यकारी निर्माता बलराम शाही ठकुरी हुन् ।
फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण