मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव
काठमाडौँ । निर्यात व्यवसायीहरुले मुलुकको व्यापार घाटा घटाउन ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन सरकारलाई सुझाव दिएका छन् ।
शुक्रबार नेपाल हस्तकला महासंघले सदस्य वस्तुगत संघहरु नेपाल निर्यात परिषद् र फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नवनिर्वाचित पदाधिकारीहरु तथा कार्य समिति सदस्यहरुकोे सम्मानमा आयोजना गरेको कार्यक्रममा निर्यात व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले सरकारले व्यापार घाटा घटाउनुपर्छ भन्दै आएपनि निर्यात बढाउन गर्नुपर्ने कार्यक्रमहरु भित्री मनबाट नगरेको आरोप लगाए । अब व्यापार घाटा घटाउनका लागि ५ वर्षमा १५ खर्बको बजेट छुट्याउन जरुरी रहेको उनले बताए । उनले निर्यात गर्ने उद्योगीहरुका लागि छुट्टै संस्था वा विभाग नभएका कारण समस्या भइरहेको पनि बताए ।
कार्यक्रममा हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले ४२ विधामा १२ अर्ब बराबरको हस्तकलाका सामान ६० देशमा निर्यात भइरहे पनि सरकारले निर्यातलाई थप सहज बनाउन नसकेको बताए । निर्यात व्यवसायलाई थप सहज बनाउन आफूहरुले तीनै तहका सरकारमार्फत हस्तकला क्षेत्रका लागि नीति निर्माणको पहल गरिरहेका पनि उनले बताए ।
मुलुकभर करिव १० देखि ११ लाख हस्तकला क्षेत्रमा व्यवसायी गर्दै आएका छन् । कार्यक्रममा फुटवेयर म्यानुफेक्चरर्स एशोसिएशन अफ नेपालका नव निर्वाचित अध्यक्ष रुद्रप्रसाद न्यौपानेले फुटवेयर लगायत छाला तथा छालाजन्य वस्तुहरुमा गर्नसक्ने काम फरक ढङ्गबाट सुरु गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण