रातोपाटी पोल : गिरीबन्धु टी स्टेटसम्बन्धी निर्णय अदालतले खारेज गरेर ओलीको सपना चकनाचुर पारिदिएको विकल्पमा अत्यधिक मत
काठमाडौँ । गिरीबन्धु टी इ्रस्टेटलाई हदबन्दीभन्दा बढी जग्गा प्लटिङ गरेर बेच्न दिने तत्कालीन केपी शर्मा ओली सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर ओलीको सपना चकनाचुर पारिदिएको रातोपाटी पोलका अत्यधिक मतदाताले बताएका छन् ।
रातोपाटीले बिहीबार सोधेको गिरीबन्धु टी इस्टेटभन्दा बढी जग्गा प्लटिङ गरेर बेच्न दिने गरी तत्कालीन केपी ओली सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरेको तपाईँलाई कस्तो लाग्यो भन्ने प्रश्नमा मतदानका लागि तीन वटा विकल्प दिएको थियो ।
त्यसमध्ये ओलीको सपना चकनाचुर भन्ने विकल्पमा २ दशमलव ६ के अर्थात दुई हजार ६ सय जनाले मतदान गरेका छन् । कुल ३ दशमलव ८ के अर्थात ३ हजार ८ सय जनाले मतदानमा सहभागिता जनाएका छन् ।
दोस्रो भोट अदालत अझै जागोस् भन्ने विकल्पमा आएको छ, जसमा ७ सय ७३ जनाले मत दिएका छन् । यस्तै तेस्रो मत भूमाफियालाई झड्का भन्ने विकल्पमा आएको छ, जसमा ४ सय ४५ मत परेको छ ।
रातोपाटीले समसामयिक विषयवस्तुमा पाठकको मत बुझ्न रातोपाटीपोल सुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण