यूएईमा दुबई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय
काठमाडौँ । यूएईमा दुवई पुलिसको नाम लिएर पैसा चोर्ने गिरोह सक्रिय भएको पाइएको छ । त्यहाँ कार्यरत नेपालीसमेतलाई लक्षित गरेर गिरोहले ठगीधन्दा चलाइरहेको पाइएको नेपाल एसोसिएसन–एनआरएनए यूएईका अध्यक्ष विकास शाहीले जानकारी दिए ।
उनका अनुसार अहिले युएईमा ठगी गर्ने कार्यमा संलग्नहरुले दुवई पुलिसको नाम लिएर मोवाईलमा फोनकल तथा विभिन्न सञ्जालहरु ईमो, बोटिम, ह्वाटसप, फेसबुक म्यासेन्जर, मोवाईल म्यासेज गर्ने गरेको पाइएको छ ।
जसको माध्यमबाट ईमिरेष्ट आईडीको विवरण, बैंक डेबिट तथा क्रेडिट कार्डको नम्बर तथा कार्डको पछाडि हुने ३ अंङ्कको सिभिसी नम्बर माग्ने र उक्त नम्बर लिई सकेपछि रजिष्टर मोवाईलमा आउने ओटिपी नम्बर समेत मागेर खातामा रहेको सम्पूर्ण रकम चोरी गर्ने कार्य भएको पाइएको उनको भनाइ छ ।
यस्ता क्रियाकलाप जोसुकैलाई पनि हुन सक्ने भएकाले सजक रहन उनले नेपाली समूदायलाई आग्रह गरे । उनका अनुसार युएईमा कुनैपनि प्रशासनिक फोनकल गर्दा ल्याण्डलाइनकोनै प्रयोग गरेको हुन्छ । तर, यस्ता ठगी फोनकलहरु मोवाईल नम्बरबाट आउने गर्दछन् ।
यस्तै पुलिसले फोन गरेर कहिल्यै पनि बैंकको जानकारी तथा सिभिसी नम्बर माग नगर्र्ने हुँदा कुनैपनि जानकारीहरु कसैलाई पनि नदिन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण