स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
तिलोत्तमा। सेवा प्रवाहलाई थप गतिशील बनाउन र स्वास्थ्य सेवामा पहुँच ल्याउन रुपन्देहीको तिलोत्तमा वडा नम्बर–५ का क्रियाशील महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । करिब दुई लाखको लागतमा तिलोत्तमा वडा–५ का ९ जना स्वास्थ्य स्वयंसेविकालाई कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगरप्रमुख रामकृष्ण खाण, वडा–५ का अध्यक्ष रमेश डुम्रे लगायतले साइकल वितरण गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख खाणले महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान गर्दै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले साइकल वितरण गरिएको बताए ।‘मानव जीवनको आधारभूत आवश्यकता स्वास्थ्य क्षेत्रको विकास र सुधार गर्न जरुरी छ’, उनले भने, ‘सबै मिलेर स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनुपर्छ ।’ कोरोना महामारी र नियमित खोप अभियानमा पनि स्वास्थ्य स्वयंसेविकाको भूमिका उल्लेखनीय रहेको भन्दै नगरलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन र बाल तथा मातृ मृत्युदर कम गर्न यस्ता कार्यक्रमले सघाउने बताए ।
स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस् भनेर साइकल वितरण गरिएको तिलोत्तमा–५ का वडाध्यक्ष डुम्रेले बताए। महिला स्वास्थ्य स्वयंसेविका राधा खनाल रेग्मीले साइकल वितरण आवश्यक रहेको र यसले स्वास्थ्य सेवा प्रवाहमा आफूलाई सजिलो हुने र घर–घरमा पुग्ने बताइन् ।
कार्यक्रममा तिलोत्तमा–५ का सचिव हरिप्रसाद खतिवडा, वडा–५ का वडासदस्य हरि पन्थ, वडासदस्य धर्मादेवी न्यौपाने, हिरा गिरी, टोल विकासका अध्यक्ष हरिप्रसाद पाण्डे, वडा स्वास्थ्य शाखा प्रमुख गणेश भण्डारी, चुरामणि पाण्डे लगायतले साइकलको सही सदुपयोग गर्दै स्वास्थ्य क्षेत्रमा थप सहज वातावरण निर्माण गर्नु पर्ने बताए ।
महिला स्वास्थ्य स्वयंसेविकाले आफ्नो क्षेत्रमा स्थायी–अस्थायी परिवार नियोजनबारे परामर्श र सेवा उपलब्ध गराउने, मातृ स्वास्थ्य प्रवर्धन अन्तर्गत गर्भवती महिलालाई स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँचका लागि प्रोत्साहन, गर्भवती महिलालाई आइरन चक्की वितरण, स्वास्थ्य संस्थामा प्रसूति गराउन प्रोत्साहन, नियमित खोप, महामारीमा खोप अभियान लगायतका काम गर्दै आएका छन् ।
वडामै हेल्प डेस्क सुरु
तिलोत्तमा वडा नम्बर–५ ले हेल्प डेस्क’ सञ्चालन गरेको छ। सेवाग्राहीहरूको माग र उनीहरूको असहजतालाई सहज रूप दिन र सेवा प्रवाहलाई समेत चुस्त दुरुस्त राख्न सेवा हेल्प डेस्क सञ्चालनमा ल्याएको वडाअधय्क्ष रमेश डुम्रेले बताए । सेवाग्राहीलाई अत्यावश्यक सेवा सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको उनको भनाई छ। सो डेस्क बाट सेवाग्राहीले वादमा हुने समग्र कामको लागि सहजीकरण निःशुल्क रूपमा पाउने छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण