सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

दोस्रो एकदिवसीय क्रिकेट : क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल

शनिबार, २७ माघ २०८०, ०९ : १५
शनिबार, २७ माघ २०८०

काठमाडौँ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।

नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

क्याडनाविरुद्ध शुक्रबार खेलिने खेल नेपालका लागि ६१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । सन् २०१८ यता नेपालले ६० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

नेपालले आफूले खेलेका ६१ मध्ये ३१ खेलमा जित हात पारेको छ । २७ खेलमा भने नेपाली टोली पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ भने एक खेल रद्द भएको छ ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिद्वन्द्वी हो । नेपालले यसअघि विभिन्न १२ वटा राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप