दोस्रो एकदिवसीय क्रिकेट : क्यानडाविरुद्ध पहिले बलिङ गर्दै नेपाल
काठमाडौँ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृङ्खला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
क्याडनाविरुद्ध शुक्रबार खेलिने खेल नेपालका लागि ६१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो । सन् २०१८ यता नेपालले ६० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।
नेपालले आफूले खेलेका ६१ मध्ये ३१ खेलमा जित हात पारेको छ । २७ खेलमा भने नेपाली टोली पराजित भएको छ । एक खेल बराबरीमा सकिएको छ भने एक खेल रद्द भएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औँ प्रतिद्वन्द्वी हो । नेपालले यसअघि विभिन्न १२ वटा राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण