सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट

शनिबार, २७ माघ २०८०, १० : ०८
शनिबार, २७ माघ २०८०

काठमाडौँ । फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको  छ । यस कन्टेस्ट अन्तर्गत फूडमान्ड मार्फत फूड अर्डर गर्ने ग्राहकमध्यबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र मार्फत छनोट गरिनेछ । 

उक्त भाग्यशाली विजेताहरुलाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ र फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरु सङ्कलन गर्न सकिनेछ ।

यसका साथै ग्राहकहरुले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरु समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैँक र वालेटहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विभिन्न क्यासब्याक अफरहरु समेत प्रदान गर्नेछ ।

माघ २४ देखि फागुन २ गतेसम्म लागु हुने यस अफरहरुमा सहभागी हुनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप