फूडमाण्डुको भ्यालेन्टाइन डे कन्टेस्ट
काठमाडौँ । फूड डेलिभरी कम्पनी फूडमान्डुले भ्यालेन्टाइन डेलाई लक्षित गर्दै ‘भ्यालेन्टाइन डे कन्टेस्ट’ ल्याएको छ । यस कन्टेस्ट अन्तर्गत फूडमान्ड मार्फत फूड अर्डर गर्ने ग्राहकमध्यबाट हरेक दिन ५ जना भाग्यशाली विजेताहरुलाई लक्की ड्र मार्फत छनोट गरिनेछ ।
उक्त भाग्यशाली विजेताहरुलाई मिनिसो, केटिएम सिटी, अभाता र फूडमान्डु मर्कन्डाइजको तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ । विजेताहरू दैनिक रूपमा सोसल मिडिया प्लेटफर्महरूमा घोषणा गरिनेछ र फूडमान्डूको अफिसबाट गिफ्ट ह्याम्परहरु सङ्कलन गर्न सकिनेछ ।
यसका साथै ग्राहकहरुले ४० वटा विभिन्न रेस्टुरेन्टबाट बाइ वान गेट वान फ्रि तथा आकर्षक कम्बो अफरहरु समेत प्राप्त गर्न सक्नेछन् । फूडमान्डुले विभिन्न बैँक र वालेटहरुसँगको सहकार्यमा ग्राहकहरुलाई विभिन्न क्यासब्याक अफरहरु समेत प्रदान गर्नेछ ।
माघ २४ देखि फागुन २ गतेसम्म लागु हुने यस अफरहरुमा सहभागी हुनको लागि फूडमान्डुुको वेबसाइट वा फूडमान्डुको एप मार्फत फूड अर्डर गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण