बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

गरिबलाई परिचयपत्र वितरण गरिँदैछ : मन्त्री श्रेष्ठ

शनिबार, २७ माघ २०८०, ११ : ४०
शनिबार, २७ माघ २०८०

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबहरुको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएकी छन् । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताइन् ।

मन्त्री चौधरीले भनिन्– ¦गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ । यसलाई अझै प्रभावकारी रुपमा अघि बढाइने छ । गरिबी निवारणका लागि सरकारले प्रभावकारी रुपमा काम गरिरहेको छ ।’  भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उनले सुकुम्बासीहरुलाई चाँडैंनै जग्गा उपलब्ध गराइने जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप