सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट

७६ रन बनाउँदै आउट भए देव खनाल

शनिबार, २७ माघ २०८०, १५ : ४७
शनिबार, २७ माघ २०८०

काठमाडौँ । क्यानडाविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली टोलीले तेस्रो विकेट गुमाएको छ । नेपालका ब्याट्सम्यान देव खनाल ७६ रन बनाउँदै आउट भएका हुन् । उनले ८१ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए ।

उनलाई क्यानडाका बलर हर्ष ठाकेरले आफ्नो बलिङमा आफैले क्याच लिएका थिए । ३३.५ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय १४ रन बनाएको छ । देव र कप्तान रोहित पौडेलले टोलीका लागि एक सय ५० रनको साझेदारी गरे । 

उनले ५६ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका थिए । देवले २४ औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । देव यू-१९ राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप