चिनियाँ टोलीमाथि नेपालको गोलवर्षा
काठमाडौँ । समीर तामाङको दुई गोल प्रेरणामा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो । चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिवार नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव विष्ट र नीराजन धामीले समान एक गोल थपे । चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए । सञ्जीव विष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औँ मिनेटमा समीरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो ।
समीरले नै ५४ औँ मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पुर्याए । ६३ औँ मिनेटमा छिरिङ लामाले अर्को गोल गरे । त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पुर्याए । ७५ औँ मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पुर्याए । पाहुना टोलीका पेङकोउले ७८ औँ मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए । त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो ।
चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदूतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो । विजेता टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकालाल घिसिङले ट्रफी प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ
-
राक्सिराङले ल्यायो ६५ करोड ३१ लाखको बजेट
-
१० वर्षीय बालक हत्या प्रकरणमा फरार प्रतिवादी पक्राउ
-
ब्राजिललाई भारी परे हालान्ड, स्पेन र पोर्चुगलमा कुन बलियो ? (भिडियो)
-
सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड
-
नेपाल र एडीबीबिच २५ अर्ब रुपैयाँको ऋण सम्झौता, खानेपानी र भन्सार सुधारमा खर्च हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण