उपराष्ट्रपति यादव आइतबार वीरगन्ज आउने
शनिबार, २७ माघ २०८०, २१ : ०७
वीरगन्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार पर्साको वीरगन्ज महानगरपालिकामा आउने कार्यक्रम तय भएको छ । वीरगन्जको पीपरास्थित चिनी मिल परिसरमा भोलीदेखि सुरु हुने ९ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति यादव जान लागेको सचिवालयले जनाएको हो ।
उपराष्ट्रपतिका स्वकीय सचिव सचिव आनन्दकुमार यादवका अनुसार बिहान १०ः २५ बजेको विमानबाट उपराष्ट्रपतिको वीरगन्ज आउने हुने कार्यक्रम तय भएको छ । यादवका अनुसार महायज्ञको उद्घाटनसँगै उपराष्ट्रपति यादवले आइतबार नै नारायणी अस्पतालमा नवनिर्मित वार्डको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण