शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति यादव आइतबार वीरगन्ज आउने

शनिबार, २७ माघ २०८०, २१ : ०७
शनिबार, २७ माघ २०८०

वीरगन्ज । उपराष्ट्रपति रामसहायप्रसाद यादव आइतबार पर्साको वीरगन्ज महानगरपालिकामा आउने कार्यक्रम तय भएको छ । वीरगन्जको पीपरास्थित चिनी मिल परिसरमा भोलीदेखि सुरु हुने ९ दिवसीय श्री विष्णु महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति यादव जान लागेको सचिवालयले जनाएको हो ।

उपराष्ट्रपतिका स्वकीय सचिव सचिव आनन्दकुमार यादवका अनुसार बिहान १०ः २५ बजेको विमानबाट उपराष्ट्रपतिको वीरगन्ज आउने हुने कार्यक्रम तय भएको छ । यादवका अनुसार महायज्ञको उद्घाटनसँगै उपराष्ट्रपति यादवले आइतबार नै नारायणी अस्पतालमा नवनिर्मित वार्डको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप