खानेपानीको महसुल उठाउनै सकस
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खानेपानी महसुलबापतको करिब रु ४० लाख उठ्न सकेको छैन । परासी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताले खानेपानीको महसुल समयमा नतिर्दा सो रकम उठ्न नसकेको हो ।
समितिले खानेपानी उपभोगबापतको बक्यौता भुक्तानीका लागि १५ दिनेसमय सीमा निर्धारण गरेको थियो । सो समयभित्र तीन लाखमात्रै महसुल भुक्तानी भएको समितिले जनाएको छ । रु ४३ लाख २३ हजार महसुल उठाउन बाँकी भएपछि समितिले ताकेता दिँदै भुक्तानी नगरे धारा काट्ने, भुक्तानी नतिर्नेको नामावली सार्वजनिक गर्ने चेतावनी दिएको थियो । तर १५ दिनको अवधिमा रु तीन लाख २१ हजारमात्र महसुल उठेको समितिका अध्यक्ष खगेश्वर पन्थीले बताए । अझै रु ४० लाख महसुलबापतको रकम उठन् बाँकी छ ।
यसबीचमा समितिले वडा नं १ र २ मा तीनजना उपभोक्ताको धारा काटेर पानी वितरण रोकेको छ । स्थानीय राजनीतिक दलका नेताले नै महसुल नतिरेकोे समितिले जनाएको छ । तीन महिनासम्म महसुल नबुझाउने उपभोक्ताको बिना जानकारी धारा काट्ने साधारणसभाले निर्णय गरे पनि समितिले साधारणसभाको निर्णय प्रभावकारीरूपमा कार्यान्वयन गर्न सकेको छैन ।
समितिले केही संस्थागत र व्यक्तिगत गरी महसुल नबुझाउने नौवटा धारा यसअघि नै काटेको थियो । समितिले रामग्राम वडा नं १ र ६ मा रहेका दुईवटा खानेपानी ट्याङ्कीमार्फत एक हजार सात सय बढी घरधुरीलाई खानेपानी वितरण गर्दै आएको छ । पोखरापालीमा रहेको ट्याङ्कीको पानी पनि अहिले वितरण भइरहेकाले धारा विस्तार गर्ने समितिको तयारी छ । तर कतिपय उपभोक्ताले संस्थाले विगतमा पर्याप्त र शुद्ध पिउने पानी वितरण गर्न नसकेको भन्दै धमिलो पानीको महसुल तिर्न नसकिने तर्क गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण