लाहौरमा सुरक्षा व्यवस्था कडा, तर किन जुटेनन् इमरान खानका समर्थक

इस्लामावाद । पूर्वक्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले प्रस्ताव गरेको विरोध प्रदर्शनकै लागि भनेर पाकिस्तानको पंजाब प्रान्तदेखि लाहौर सहरसम्म सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो । बिहीबार भएको निर्वाचनमा पीटीआईले समर्थन गरेका उमेदवारहरुले सबैभन्दा धेरै सिटमा जित हात पारेको छन् ।
चुनावमा धाँधली भएको आरोप लगाउँदै दिउँसो २ बजेदेखि शान्ति पूर्ण जुलुस प्रदर्शन गर्ने घोषणा पीटीआईले गरेको थियो । तर बीबीसीका उर्दू संवाददाताका अनुसार लाहोर कोर्प्स कमाण्डर हाउस, लिबर्टी चोक र माल रोडलगायत सहरका धेरै हिस्साहरूमा प्रहरी र अर्ध सैनिक बलहरू तैनाथ गरिएका छन् । तर यी स्थानहरूमा पीटीआईका समर्थकहरू अहिलेसम्म देखिएका छैनन् ।
यसैबीच, बलुचिस्तानका कार्यवाहक सूचना मन्त्री जान मोहम्मद अचकजाईले क्षेत्र र मौसमको दुर्गमताका कारण बलुचिस्तान सिटको नतिजा घोषणा गर्न ढिलाइ भइरहेको बताएका छन् । क्वेटामा आयोजित पत्रकार सम्मेलनमा उनले जसजसले चुनाव जितेका छैनन्, उनीहरुले खेलमा हार जित त भइहाल्छ नि भन्ने भावना देखाएर परिणाम स्वीकार गर्नुपर्ने भनेका थिए । नतिजामा कसैलाई आपत्ति भए सही ठाउँमा गएर उजुरी गर्न पनि उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त जनआन्दोलन समितिले वैशाख २६ गते काठमाडौँमा मोटरसाइकल र्याली गर्ने
-
मेडिकलबाट ठुलो परिमाणमा लागुऔषध बरामद, सञ्चालक पक्राउ
-
मकवानपुर महिला राष्ट्रिय गोल्डकप : रौतहटलाई हराउँदै पुलिस सेमिफाइनलमा
-
कर्णालीमा बजेट अधिवेशन वैशाख २८ गतेदेखि सुरू हुने
-
विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल सकियो, प्रतिवेदन लेख्न थप समय माग्ने
-
एपीएफलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि इरानी टोलीसँग खेल्ने