लाहौरमा सुरक्षा व्यवस्था कडा, तर किन जुटेनन् इमरान खानका समर्थक
इस्लामावाद । पूर्वक्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईले प्रस्ताव गरेको विरोध प्रदर्शनकै लागि भनेर पाकिस्तानको पंजाब प्रान्तदेखि लाहौर सहरसम्म सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो । बिहीबार भएको निर्वाचनमा पीटीआईले समर्थन गरेका उमेदवारहरुले सबैभन्दा धेरै सिटमा जित हात पारेको छन् ।
चुनावमा धाँधली भएको आरोप लगाउँदै दिउँसो २ बजेदेखि शान्ति पूर्ण जुलुस प्रदर्शन गर्ने घोषणा पीटीआईले गरेको थियो । तर बीबीसीका उर्दू संवाददाताका अनुसार लाहोर कोर्प्स कमाण्डर हाउस, लिबर्टी चोक र माल रोडलगायत सहरका धेरै हिस्साहरूमा प्रहरी र अर्ध सैनिक बलहरू तैनाथ गरिएका छन् । तर यी स्थानहरूमा पीटीआईका समर्थकहरू अहिलेसम्म देखिएका छैनन् ।
यसैबीच, बलुचिस्तानका कार्यवाहक सूचना मन्त्री जान मोहम्मद अचकजाईले क्षेत्र र मौसमको दुर्गमताका कारण बलुचिस्तान सिटको नतिजा घोषणा गर्न ढिलाइ भइरहेको बताएका छन् । क्वेटामा आयोजित पत्रकार सम्मेलनमा उनले जसजसले चुनाव जितेका छैनन्, उनीहरुले खेलमा हार जित त भइहाल्छ नि भन्ने भावना देखाएर परिणाम स्वीकार गर्नुपर्ने भनेका थिए । नतिजामा कसैलाई आपत्ति भए सही ठाउँमा गएर उजुरी गर्न पनि उनले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण