शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महासचिव पोखरेल चढेको गाडी दैलेखमा पल्टियो

आइतबार, २८ माघ २०८०, १७ : ०६
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल चढेको गाडी दैलेखको डुंगेश्वर गाउँपालिका–१ स्थित चुप्रामा पल्टिएको छ । महासचिव सवार म.१ च ३६९ नम्बरको स्कोर्पियो शनिबार सकडमा पल्टिएको हो । 

दुर्घटनामा परेर नेकपा एमालेकी प्रदेश उप–सचिव पद्मा खड्का सामान्य घाइते भएकी छन् । खड्काको हातमा चोट लागेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

महासचिव पोखरेल सुर्खेतबाट दैलेख सदरमुकाम तर्फ जाँदै थिए । गाडी सडकमा पल्टिएको र महासचिव पोखरेल सकुशल रहेको प्रहरी अधिकृतहरु बताउँछन् ।  

दुर्घटनापछि पोखरेल दैलेख सदरमुकाम पुगेर आठौँ जिल्ला अधिवेशनलाई सम्बोधन गरेर काठमाडौँ फर्किएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप