सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बानेश्वरको होटलमा कांग्रेस केन्द्रीय सदस्यहरूको भेला

आइतबार, २८ माघ २०८०, १६ : २३
आइतबार, २८ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकका सन्दर्भमा केन्द्रीय सदस्यहरूले आन्तरिक छलफल थालेका छन् । आइतबार अपराह्न नयाँ बानेश्वरको एक होटलमा कांग्रेस केन्द्रीय सदस्यहरूले आन्तरिक छलफल थालेका हुन् ।

छलफलमा केन्द्रीय सदस्य गोविन्द भट्टराई, नैनसिंह महर, योगेन्द्र चौधरी, मधु आचार्य, कान्तिका सेजुवाल, अजयबाबु शिवाकोटी, उमेशजंग रायमाझी, राजन केसी, प्रतिमा गौतम, शान्ति परियार, हरिशरण नेपाली चिनकाजी श्रेष्ठ, सञ्जय गौतम, अब्दुल सतारलगायत ४० जना भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् ।

केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक आवश्यक  परामर्श आफूहरू भेला भएको बताए । कांग्रेसले आगामी फागुन ७-१०मा महासमिति बैठक गर्दै छ । ०७८ मङ्सिरमा सम्पन्न पार्टीको १४ औँ महाधिवेशनपछि कांग्रेसले पहिलो पटक महासमिति बैठक गर्न लागेको हो ।

१४ औँ महाधिवेशनमा कांग्रेसले नीतिमाथि कुनै छलफल नगरी पदाधिकारी र सदस्यको निर्वाचन मात्रै गरेको थियो । ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले फागुनमा महासमिति बैठकबाट आगामी नीति तय गर्न लागेको हो । विधानले नीति महाधिवेशनको व्यवस्था नगरेको र सहभागी प्रतिनिधिको विषयमा जटिलता देखिएपछि कांग्रेसले महासमितिलाई नै नीति अधिवेशनको विकल्पमा व्याख्या गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप