बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दोहामा नासिरद्वारा नयाँ रेकर्ड कायम

आइतबार, २८ माघ २०८०, १६ : ५३
आइतबार, २८ माघ २०८०

नासिर याहा हुसेनले कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन् ।
नासिरले ४०० मिटर फ्रिस्टायलमा आफैले जापानको फुकुवाकामा भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेको ४ मिनट ८.२३ सेकेन्ड समयको किर्तिमान २.५८ सेकेन्डले सुधार गर्दै ४ मिनट ५.६५ सेकेन्डको नयाँ किर्तिमान कायम गर्न सफल भएको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा नेपालबाट नासिरका साथै एलेक्जेण्डर गादेगाद शाह, गौरिका सिंह र दुवाना लामाले प्रतिस्पर्धा गरिरहेका छन् । यो च्याम्पियनसिप फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सको छनौट प्रतियोगिता समेत रहेको छ ।

मास्टर्स एथलिट कमिटीले भेट्रान खेलाडीहरुलाई सम्मान गर्ने भेट्रान खेलाडीहरुको छाता संगठन मास्टर्स एथलिट कमिटीले पूर्व भेट्रान खेलाडीहरुलाई सम्मान गर्ने भएको छ ।

कमिटीले आफ्नो समयमा खेलकुद विकासमा बिशिष्ट योगदान पु-याएका र राष्ट्रका लागि रगत पसिना बगाएका खेल ब्यक्तित्वहरुलाई फागुन १३ गते सम्मान गर्न लागेको हो ।  जसमा टेबल टेनिसका ९४ बर्षिय खेलाडी कवि केशरी बस्नेत र ८८ बर्षिय वाई.पी. लोहनी, फुटवलका ८८ बर्षिय डा. खगेन्द्र बहादुर श्रेष्ठ, ८४ बर्षिय श्याम के.सी., ८२ बर्षिय खेलकुद फोटो पत्रकार समेत रहेका श्याम चित्रकार र ७९ बर्षिय बिश्व प्रकाश थापा रहेका छन् । यस्तै कमिटीले ८० बर्षिया महिला एथलेटिक्स खेलाडी, जसले समाजको परिवर्तनको संवाहकको रुपमा समेत आफुलाई स्थापित गर्न सफल भएकी, डा. कोकिला बैद्यलाई पनि सम्मान गर्न लागेको हो ।
कुनै बेला राष्ट्रका लागि खेल्दै रगत पसिना बगाएका तथा समाजमा परिवर्तनको संवाहकको रुपमा समेत रहिसकेका ब्यक्तित्वहरु जो आज गुमनाम जस्तै रहेका छन् तीनलाई सम्झंदै सम्मानका साथ खेलकुदका नव युवाविच परिचय गराउनु यस सम्मान कार्यक्रमको मुख्य उद्धेश्य रहेको एथलिट कमिटीका अध्यक्ष जि.एन. शर्माले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप