नेपालमा सात सय ४७ वटा बालीको विकासे जात
आइतबार, २८ माघ २०८०, १७ : २४

काठमाडौँ । नेपालमा सात सय ४७ वटा बालीको विकासे जात छन् । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का अनुसार हालसम्म नेपालमा सात सय ४७ थरी बालीको विकासे जात विकास भएको हो ।
नार्कका अनुसार खाद्यान्न बाली अन्तर्गत पर्ने गहुँ बालीको ५२ वटा, मकैको ९२ वटा, धानको १ सय ५६ वटा र अन्य खाद्यान्न बालीको १ सय ६ वटा विकासे जात छन् ।
यस्तै, बागवानी अन्तर्गत पर्ने तरकारीको २ सय ७३ वटा, आलुको १८ वटा, फलफूलको २१ वटा, मसलाबालीको ९ वटा र फूलको ३ वटा विकासे जातको विकास भएका छन् । यस्तै, घाँसे बालीको १७ वटा जात विकास भएको नार्कले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
-
कर्णाली भूकम्पका नाममा सङ्घसंस्थालाई ३८ करोड, खर्चअनुसार छैन उपलब्धि
-
गर्मीमा किन रातो हुन्छ आँखा ? कसरी पाउने छुटकारा ?
-
पूर्वीनाका काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम आयात
-
भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य
-
दोहोर्याएर तताएर खान हुँदैन यी तरकारी