वर्षको उत्कृष्ट युवा खेलाडी बने देव
काठमाडौँ । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनाल वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ–पल्सर स्पोटर्स अवार्डको २०औँ संस्करणमा उनले राममाया बुढा (एथलेटिक्स) र सुष्मा तामाङ (बक्सिङ) लाई पछि पार्दै उपाधि हात पारेका हुन् ।
विजेतालाई बजाज पल्सर मोटरसाइकल पुरस्कार दिइनेछ । खनालकै कप्तानमा नेपाली टोली आठ वर्षपछि आईसीसी यू–१९ विश्वकप क्रिकेटमा छनोट भएको थियो । देवको कप्तानीमा नेपाल यूएईलाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्न सफल भएको थियो ।
उनले पाँच खेलको तीन पालीमा ६५ माथिको औसतमा कुल एक सय ९७ रन बनाएका थिए । उनले कुवेतविरुद्ध राउन्ड रोबिन खेलमा एक सय २५ र यूएईविरुद्ध फाइनलमा ५१ रन बनाउन सफल भएका थिए । उनकै कप्तानीमा लुम्बिनी प्रदेश यू–१९ राष्ट्रिय प्रतियोगितामा उपविजेता बनेको थियो ।
उता एथलेटिक्सकी राममाया बुढा १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा रजत पदक जित्ने खेलाडी हुन् । उनले एपीएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण, गोल्डेन एथलेटिक्स मिटको १५ सय मिटर दौडमा स्वर्ण र पाँच किमिमा रजत पदक जितेकी थिइन् ।
उनले देवदह हाफ म्याराथनमा स्वर्ण र राइट टु प्रोटिन रनमा रजत, दोस्रो वीर गणेशमान सिंह १० किमी, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमी रोड रेसमा रजत तथा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् ।
त्यस्तै, बक्सिङकी सुष्मा तामाङले एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत पदक चुमेकी थिइन् । उनले जितेको त्यो पदक नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठुलो पदक हो । उनले फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अङ्कका आधारमा पराजित गरेकी थिइन् ।
उनी एएसबीसी यू–२२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा छनोट भएकी थिइन् । उनले नवौँ राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा बागमती प्रदेशका लागि स्वर्ण जितेकी थिइन् । उनी भारतमा सम्पन्न विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पनि सहभागी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण