माल्दिभ्समा एकै दिन १० हजार २१३ पर्यटक भित्रिए
आइतबार, २८ माघ २०८०, २१ : ४६
कोलम्बो । माल्दिभ्समा आइतबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।
पर्यटन मन्त्री इब्राहिम फैसलले दिएको जानकारी अनुसार एकै दिनमा १० हजार २१३ आगन्तुकहरूलाई स्वागत गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यसअघिको सबैभन्दा बढी दैनिक पर्यटक आगमनको सङ्ख्या सन् २०१९ मा सङ्ख्या ९ हजार रहेको थियो । माल्दिभ्सको पर्यटन मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार माल्दिभ्समा सबैभन्दा बढी पर्यटकको आगमन चीन, इटाली र रुसबाट भएको देखिएको छ ।
माल्दिभ्स सरकारले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । -(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण