भारतलाई हराउँदै अस्ट्रेलियालाई चौथो पटक अन्डर १९ विश्वकपको उपाधि
काठमाडौँ । आइतबार भएको यू–१९ विश्वकपको फाइनलमा अस्ट्रेलियाले भारतलाई ७९ रनले पराजित गर्दै विश्वकपको उपाधि जितेको छ । पहिले ब्याटिङमा उत्रिएका अस्ट्रेलियाका ब्याट्सम्यानले भारतलाई जितका लागि २५४ रनको लक्ष्य दिएको थियो । तर लक्ष्य पछ्याउने क्रममा भारतीय टोलीको प्रदर्शन त्यति बलियो भएन ।
भारतीय टोली ४३.५ ओभरमा ३.९६ रन रेटमा १७४ रनमा अलआउट भयो। भारतका लागि आदर्श सिंह (४७) र मुरुगन अभिषेक (४२) ले सर्वाधिक रन बनाए ।
मुशीर खानले २२ रनको योगदान दिए । अस्ट्रेलियाका राफ म्याकमिलन र महली बियर्डम्यानले ३३ विकेट लिए । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।
हरजस सिंहले सर्वाधिक ५५ रन बनाए । कप्तान ह्युज विब्जेन ४८ रन बनाएर आउट भए भने ह्यारी डिक्सन ४२ रन बनाएर आउट भए । भारतका लागि राज लिम्बानीले ३ विकेट लिए भने नमन तिवारीले २ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण