सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य स्थिर कायम भएको र चाँदीको बढेको जानकारी दिएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।
गत साताको शुक्रबारको तुलनामा भने हिजो सुनको मूल्य घटेर कारोबारमा आएको थियो । गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० कायम थियो । जुन, आइतबार कारोबार खुल्दा ५०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।
यसबाहेक, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर कारोबारमा आएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम छ । हिजो आइतबार तोलामा १३ सय ९० रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण