मंगल ग्रहमा लाखौँ मान्छेलाई लैजाने मस्कको योजना
क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन् । यतिबेला उनी संसारभरका मानिसहरूलाई सरप्राइज दिने तयारीमा छन् । माइक्रोब्लगिङ वेबसाइट एक्समा गरिएको एउटा पोष्टमा मस्कले लाखौं मान्छेलाई मंगल ग्रहमा लैजाने योजना बनाइरहेको बताएका छन् ।
मस्कले यो पोष्ट अर्को व्यक्तिको पोष्टमा रिप्लाई दिँदै गरेका हुन् । मस्कले यसअघि पनि मंगल ग्रहमा मानव बस्ती बनाउने कुरा गरेका थिए । यहि हप्ता उनले फेरि यो योजनामा प्रकाश पारेका छन् । समय नतोकिकन मस्कले मंगलग्रहमा १० लाख जनालाई लैजाने बताएका थिए ।
एक्सको एउटा पोष्टमा मस्कले लेखेका छन्, ‘हामी एउटा गेम प्लान बनाइरहेका छौं, यसबाट हामी १० लाख मानिसलाई मंगल ग्रहमा लैजानेछौं ।’ मस्क अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्सका सीईओ पनि हुन् । एक्समा एक युजरले ‘स्टारशिप अहिलेसम्मकै सबैभन्दा ठूलो रकेट हो र यसले मंगल ग्रहमा लैजान्छ ?’ भन्ने प्रश्न गरेका थिए । सोही पोष्टको उत्तरमा मस्कको पोष्ट आएको हो ।
यो रकेटले एकदिन मंगलको यात्रामा जान सकिने मस्कले बताएका छन् । यो यात्रा हवाई यात्रा जस्तै हुने उनको भनाई छ । मंगलमा मानव बस्ती बसाउन अझै कयौं काम गर्न बाँकी रहेको उनले बताए । केहीअघि एक युजरले मंगल मिशनबारे सोधेका थिए । यसको जवाफमा मस्कले स्टारशिप ५ वर्ष भित्र चन्द्रमामा पुग्ने अनि ८ वर्षभित्र मान्छेहरुलाई पनि चन्द्रामामा पठाउन थालिने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण