आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मंगल ग्रहमा लाखौँ मान्छेलाई लैजाने मस्कको योजना

सोमबार, २९ माघ २०८०, १२ : ०६
सोमबार, २९ माघ २०८०

क्यालिफोर्निया । अमेरिकी खर्बपति व्यापारी एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन् । यतिबेला उनी संसारभरका मानिसहरूलाई सरप्राइज दिने तयारीमा छन् । माइक्रोब्लगिङ वेबसाइट एक्समा गरिएको एउटा पोष्टमा मस्कले लाखौं मान्छेलाई मंगल ग्रहमा लैजाने योजना बनाइरहेको बताएका छन् ।

मस्कले यो पोष्ट अर्को व्यक्तिको पोष्टमा रिप्लाई दिँदै गरेका हुन् । मस्कले यसअघि पनि मंगल ग्रहमा मानव बस्ती बनाउने कुरा गरेका थिए । यहि हप्ता उनले फेरि यो योजनामा प्रकाश पारेका छन् । समय नतोकिकन मस्कले मंगलग्रहमा १० लाख जनालाई लैजाने बताएका थिए ।

एक्सको एउटा पोष्टमा मस्कले लेखेका छन्, ‘हामी एउटा गेम प्लान बनाइरहेका छौं, यसबाट हामी १० लाख मानिसलाई मंगल ग्रहमा लैजानेछौं ।’ मस्क अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्सका सीईओ पनि हुन् । एक्समा एक युजरले ‘स्टारशिप अहिलेसम्मकै सबैभन्दा ठूलो रकेट हो र यसले मंगल ग्रहमा लैजान्छ ?’ भन्ने प्रश्न गरेका थिए । सोही पोष्टको उत्तरमा मस्कको पोष्ट आएको हो ।

यो रकेटले एकदिन मंगलको यात्रामा जान सकिने मस्कले बताएका छन् । यो यात्रा हवाई यात्रा जस्तै हुने उनको भनाई छ । मंगलमा मानव बस्ती बसाउन अझै कयौं काम गर्न बाँकी रहेको उनले बताए । केहीअघि एक युजरले मंगल मिशनबारे सोधेका थिए । यसको जवाफमा मस्कले स्टारशिप ५ वर्ष भित्र चन्द्रमामा पुग्ने अनि ८ वर्षभित्र मान्छेहरुलाई पनि चन्द्रामामा पठाउन थालिने बताएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप