क्यानडाविरुद्ध अनिल शाहले बनाए लगातार दोस्रो अर्धशतक
काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले अर्धशतक बनाएका छन् ।
अनिल ५१ बलको सामना गरी एक छक्का र आठ चौकाको मद्दतले ५० रन बनाउँदै क्रिजमा छन् । अनिलले १४.५ ओभरमा आफ्नो अर्धशतक पूरा गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा उनले बनाएको यो लगातार दोस्रो अर्धशतक हो । यसअघि शनिबार खेलिएको शृंखलाको दोस्रो खेलमा पनि उनले उत्कृष्ट अर्धशतक बनाएका थिए ।
उक्त खेलमा २५ वर्षीय अनिलले ५० रन बनाएका थिए । उनले केवल २० बलको सामना गरी तीन छक्का र सात चौका पनि हिर्काएका थिए । त्यो खेलमा उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान पनि रचेका थिए । उनले आफ्नो खेलजीवनको छैटौँ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका हुन् ।
१५ ओभरको खेल सकिँदासम्म नेपालले एक विकेट गुमाएर ८३ रन बनाएको छ । भीम सार्की पनि १३ रन बनाउँदै क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण