शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षा समिति

उपकुलपतिमा विवादित व्यक्तिको नाम सर्टलिष्टमा राखेको भन्दै शिक्षा समितिको ध्यानाकर्षण

सोमबार, २९ माघ २०८०, १४ : ४०
सोमबार, २९ माघ २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बौद्धिक चोरी, सूचना लुकाएको, भ्रष्टाचारको आरोप लागेका व्यक्ती पनि सर्च लिस्टमा परेपछि संसद्को शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराएको छ।

समितिको सोमबार बसेको बैठकले बौद्धिक चोरीको आरोप लागेका तीर्थ खनिया , सूचना लुकाएको आरोप लागेका कार्यवाहक शिवलाल भुसाल र भ्रष्टाचारमा केसरसंज बराल मुछिएको आरोप लागेपछि विशेष ध्यान दिन समितिले भनेको हो ।

‘बौद्धिक चोरी, भ्रष्टाचार  र सूचना लुकाएको हुँदा विशेष ध्यान दिन ध्यानाकर्षण गराएका छौँ,’ समिति सभापति भानुभक्त जोशीले भने । 

कार्यवाहक उपकुलपति शिवलाल भुसालले जथाभाबी सरुवा बढुवा गरेको विषयमा समितिले छानबिन गर्न शिक्षा मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । यो विषयमा समिति सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। उनीहरूले मेरिटोक्रेसी कायम गर्ने नाममा विवादमा परेका व्यक्तिहरूलाइ सर्टलिष्टमा नाम राखेको भन्दै विरोध जनाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप