उपकुलपतिमा विवादित व्यक्तिको नाम सर्टलिष्टमा राखेको भन्दै शिक्षा समितिको ध्यानाकर्षण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि बौद्धिक चोरी, सूचना लुकाएको, भ्रष्टाचारको आरोप लागेका व्यक्ती पनि सर्च लिस्टमा परेपछि संसद्को शिक्षा स्वास्थ्य तथा प्रविधि समितिले कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराएको छ।
समितिको सोमबार बसेको बैठकले बौद्धिक चोरीको आरोप लागेका तीर्थ खनिया , सूचना लुकाएको आरोप लागेका कार्यवाहक शिवलाल भुसाल र भ्रष्टाचारमा केसरसंज बराल मुछिएको आरोप लागेपछि विशेष ध्यान दिन समितिले भनेको हो ।
‘बौद्धिक चोरी, भ्रष्टाचार र सूचना लुकाएको हुँदा विशेष ध्यान दिन ध्यानाकर्षण गराएका छौँ,’ समिति सभापति भानुभक्त जोशीले भने ।
कार्यवाहक उपकुलपति शिवलाल भुसालले जथाभाबी सरुवा बढुवा गरेको विषयमा समितिले छानबिन गर्न शिक्षा मन्त्रालयलाई समितिले निर्देशन दिएको छ । यो विषयमा समिति सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। उनीहरूले मेरिटोक्रेसी कायम गर्ने नाममा विवादमा परेका व्यक्तिहरूलाइ सर्टलिष्टमा नाम राखेको भन्दै विरोध जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण