शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नासिर र गौरिकाद्वारा कीर्तिमान भङ्ग

सोमबार, २९ माघ २०८०, १५ : ०७
सोमबार, २९ माघ २०८०

काठमाडौँ । नासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भङ्ग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को कीर्तिमान बनाएका हुन् । 

नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६.३९ सेकेन्ड समयको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् । नासिरले हिजो आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए । 

यस्तै आजै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भङ्ग गर्दै नयाँ १ मिनट ५.४७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् । गौरिकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा राखेको १ मिनट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप