नासिर र गौरिकाद्वारा कीर्तिमान भङ्ग
काठमाडौँ । नासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो कीर्तिमान भङ्ग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को कीर्तिमान बनाएका हुन् ।
नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको विश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७.२६ सेकेन्डको समयमा ०.८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६.३९ सेकेन्ड समयको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् । नासिरले हिजो आइतबार भएको ४०० मिटर फ्रिस्टायलमा पनि ४ मिनट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।
यस्तै आजै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको पुरानो कीर्तिमान भङ्ग गर्दै नयाँ १ मिनट ५.४७ सेकेन्डको कीर्तिमान कायम गरेकी हुन् । गौरिकाले जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा राखेको १ मिनट ६.८० सेकेन्ड समयमा १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण