नेपालको ३० ओभरमा १ विकेट गुमाएर १४१ रन
सोमबार, २९ माघ २०८०, १५ : ०८
काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ३० ओभरको खेल सकिँदासम्म एक विकेट गुमाएर एक सय ४१ रन बनाएको छ । नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल शाह ७४ र तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की ४७ रन बनाउँदै क्रिजमा छन् ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी १४ बलमा तीन चौकाको मद्दतले १३ रन बनाउँदै आउट भएका थिए । उनलाई क्यानडाका बलर डिल्लन हेलिगरले बोल्ड गरेका थिए । ४.५ ओभरमा उनी आउट हुँदा नेपालले ४५ रन बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण