१५ अंकले बढेर नेप्से सूचक २१ सयको विन्दुमा उक्लियो
काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५ अंकले बढ्दै २१ सयको विन्दुमा उक्लिएको छ । अघिल्लो दिन साढे १० अंकले घटेर २ हजार ८५.८२ अंकमा झरेको नेप्से सूचक दोस्रो दिन पुनः १५.३३ अंकले बढ्दै २१ सय १.१६ अंकमा उक्लिएको हो ।
तथापि, अघिल्लो दिनको तुलनामा कारोबार भने घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १५ अंकले नेप्से सूचक बढेको बजारमा ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन १० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आज पनि उच्च कारोबार हुनेको शीर्ष स्थानमा हिमालयन रिइन्स्योरेन्स नै रहेको छ । कम्पनीको २३ करोड २ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर आज दोस्रो बजारमा कारोबार भएको छ ।
यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको १६ करोड ३० लाख २५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा यता एनआईसी एशिया बैंक लिमिटेडको १३ करोड ७७ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज अन्य समूहको उपसूचक झिनो (०.०५ प्रतिशत) ले घट्नु बाहेक अरु १२ वटा उपसूचक धनातमक भएका छन् । सबैभन्दा बढी म्यानु एण्ड प्रो समूहको उपसूचक आज २.२२ प्रतिशतले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण