सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
क्रिकेट

क्यानडाविरुद्ध भीम सार्कीले पनि बनाए शतक

सोमबार, २९ माघ २०८०, १५ : ५५
सोमबार, २९ माघ २०८०

काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार क्यानडाले दिएको दुई सय ३३ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालका लागि तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले शतक बनाएका छन् । 

२१औँ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिरहेका २२ वर्षीय भीमले बनाएको यो पहिलो शतक हो । भीमले एक सय २७ बलको सामना गरी एक छक्का र ११ चौकाको मद्दतले शतक बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप