आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

जनवरीमा पाकिस्तानको विप्रेषण २६.२ प्रतिशत वृद्धि

सोमबार, २९ माघ २०८०, १८ : ४५
सोमबार, २९ माघ २०८०

इस्लामावाद । सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो वर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रीय बैङ्क (एसबिपी) ले सोमबार जनाएको छ ।

जनवरीमा कामदारहरूबाट आएको विप्रेषण २.३ अर्ब अमेरिकी डलर रेकर्ड भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा उक्त रकम १.९ अर्ब डलर थियो । 

पाकिस्तानको विप्रेषण मासिक रूपमा ०.६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ ।

सन् २०२३ जुलाईदेखि सन् २०२४ जुनसम्मको चालू आर्थिक वर्षको पहिलो सात महिनामा विप्रेषण आय १५.८ अर्ब डलर पुग्ने प्रक्षेपण तथ्याङ्कमा उल्लेख गरिएको छ । 

गत महिना साउदी अरबबाट ५८ करोड ७३ लाख डलर, संयुक्त अरब इमिरेट्सबाट ४० करोड ७६ लाख डलर, बेलायतबाट ३६ करोड २१ लाख डलर र संयुक्त राज्य अमेरिकाबाट २८ करोड ३४ लाख डलर विप्रेषण आएको केन्द्रीय बैङ्कले जनाएको छ । -(रासस/सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप