बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको वैदेशिक व्यापारमा तीव्र गिरावट

सोमबार, २९ माघ २०८०, २१ : १९
सोमबार, २९ माघ २०८०

मस्को । रुसको वैदेशिक व्यापार बचत सन् २०२३ मा वार्षिक ५८.५ प्रतिशतले घटेर १४० अर्ब अमेरिकी डलर पुगेको छ ।

सोमबार सार्वजनिक गरिएको रुसको संघीय भन्सार सेवाको तथ्याङ्कले देशको कुल निर्यात २८.३ प्रतिशतले घटेर ४२५.१ अर्ब डलर पुगेको देखाएको छ भने आयात ११.७ प्रतिशतले बढेर २८५.१ अर्ब डलर पुगेको छ ।

गत वर्ष रुसको युरोपेली देशहरूमा निर्यात ६८ प्रतिशतले घटेर ८४.९ अर्ब डलरमा पुगेको थियो भने आयात १२.३ प्रतिशतले घटेर ७८.५ अर्ब डलरमा झरेको थियो ।

यसैबीच एसियाली देशहरूमा रुसी निर्यात ५.६ प्रतिशतले बढेर ३०६.६ अर्ब डलर पुगेको छ भने आयात २९.२ प्रतिशतले बढेर १८७.५ अर्ब डलर पुगेको छ ।

तथ्याङ्कले अफ्रिकी देशहरूसँगको व्यापारमा वृद्धि भएको देखाएको छ, निर्यात ४२.९ प्रतिशत र आयात ८.६ प्रतिशतले बढेको छ। -(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप