फुटबल खेल भइरहँदा चट्याङ लागेर एक खेलाडीको निधन
काठमाडौँ । इन्डोनेसियामा एक फुटबल प्रतियोगिताका क्रममा निकै दुःखान्त घटना भएको छ । खेल भइरहँदा चट्याङ परेर मैदानमै एक खेलाडीको मृत्यु भएको समाचारमा जनाइएको छ ।
खेल भइरहँदा अचानक चट्याङ परेको थियो । चट्याङको चपेटामा परेका एक खेलाडी मैदानमै ढलेका थिए । त्यतिबेलासम्म उनको श्वाँस–प्रश्वाँस चलिरहेको थियो ।
तर, अस्पताल लैजाँदै गर्दा बाटोमै उनको निधन भएको थियो । उक्त घटनाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
‘इन्डोनेसियामा फुटबल प्रतियोगिता भइरहँदा एक खेलाडी चट्याङको चपेटामा परेका छन्,’ सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटर) मा भिडियो सेयर गर्ने व्यक्तिले लेखेका छन् ।
उक्त भिडियोमा रङ्गशालामा फुटबल खेल भइरहेको देखिन्छ । खेल जारी रहँदा अचानक चट्याङ पर्छ र एक खेलाडी मैदानमा ढल्न पुग्छन् । त्यसपछि अन्य खेलाडी उनी भएतिर दौडिएको देखिन्छ ।
अर्को एक समाचारमा जनाइए अनुसार, त्यो घटना शनिबार साँझको हो । पश्चिम जाभाको सिलिवाङ्गी रङ्गशालामा साँझ ४ः२० बजे उक्त घटना भएको थियो ।
उक्त मैत्रीपूर्ण खेल एफसी बान्डुङ र एफबीआई सुबाङबिच खेलिएको थियो । चट्याङ लागेर मृत्यु हुने खेलाडीको नाम सेपताइन रहारजा भएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण