स्थापना दिवसमा रुपा गाउँपालिकाको अध्यक्ष कप भलिबल, पुरस्कार डेढ लाख
मङ्गलबार, ०१ फागुन २०८०, ०९ : ५८
पोखरा । पालिका स्थापनाको अवसरमा कास्कीको रुपा गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ । २०७५ सालदेखि सुरु भएको प्रतियोगितालाई रुपाले निरन्तरता दिएको हो । प्रतियोगिता फागुन २४ देखि २७ गतेसम्म चल्ने छ ।
प्रतियोगिताका विजेताले डेढ लाख, दोस्रो हुनेले ८० हजार, तेस्रोलाई ४० हजार र सान्त्वना हुनेले २० हजार पुरस्कार पाउने छन् । वेस्ट प्लेयर ५ हजार, वेस्ट सर्भर, व्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई २-२ हजार पुरस्कार पाउने अध्यक्ष नवराज ओझाले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा माला गाँस्ने प्रतियोगिता, झाँकी प्रतियोगिता पनि हुनेछ । झाँकी प्रदर्शनमा पहिलोले ३० हजार, दोस्रोले २० र तेस्रोले १० तथा सान्त्वना हुनेले ५ हजार पाउँछन् ।
माला गाँस्ने स्पर्धामा पहिलो हुनेले ६ हजार, दोस्रोलाई ४ र तेस्रोलाई २ हजार पुरस्कार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण