१ लाख एन्टर्क स्कुटर बिक्री गरेको अवसरमा टीभीएसको सेलेब्रेसन राइड
काठमाडौँ । टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले १ लाख एन्टर्क स्कुटर बिक्री गर्न सफल भएको उपलक्ष्यमा एनओजी राइड सफलतापूर्वक सम्पन्न गरेको छ । गत शनिबार आयोजना भएको उक्त एनओजी राइड टीभीएसको नक्साल शोरुमबाट सुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो ।
उक्त एनओजी राइडमा सहभागीहरू बिच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै एनओजी राइडमा उपस्थित करिब १०० राइडरहरु माझ आफ्नो परिचय र अनुभव पनि आदानप्रदान गरिएको थियो । सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान पनि पनि प्रदान गरिएको थियो । साथै उक्त राइडमा स्कुटरहरू राखेर १ लाखको सुन्दर आकार पनि बनाइएको थियो ।
उक्त राइडमा हेड मार्सल गौरव पाठकले सडक सुरक्षाको बारेमा विभिन्न जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए । साथै प्रोडक्ट हेड करुणा पुडासैनीले १ लाख सेलिब्रेसनको बारेमा जानकारी दिनुभएको थियो भने मार्केटिङ डेपुटी जिएम विक्रम पौडेल र सेल्स हेड आषिर श्रेष्ठले सहभागी ग्राहकहरूलाई स्वागत गरेका थिए ।
राइडको समापन १ लाख सेलेब्रेसनको केक काटेर गरिएको थियो । २०१८ मा नेपालमा लन्च भए लगत्तै नेपाली ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टीभीएस् एनटर्क १ लाख बिक्री भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण