मधुमेह छ ? गहुँ होइन यी पिठोको रोटी खानुस्
काठमाडौँ । मधुमेह पछिल्लो समय संसारभर सामान्य रोग बनेको छ । नेपालमा पनि मधुमेहका बिरामी बढ्दै गइरहेका छन् । मधुमेहका कारण बिरामीको शरीरमा इन्सुलिन हर्मोनको उत्पादन असन्तुलित हुन्छ अनि रगतमा चिनीको मात्रा बढ्छ । यो रोगमा बिरामीले आफ्नो खानपिनको बढी नै ख्याल राख्न जरुरी छ । मधुमेहको समस्या भएकाहरूले दैनिक भोजनमा विशेष खालको आँटाले बनाएको रोटी समावेश गरेर पनि चिनीको स्तर नियन्त्रण गर्न सक्छन् ।
कोदोको पिठो
कोदोलाई सुपरफुड पनि भनिन्छ । यो पोषकतत्वले भरपुर अन्न हो । यसमा फाइबर पनि पर्याप्त पाइन्छ । यसले शरीरमा इन्सुलिनको उत्पादन बढ्छ र रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत मिल्छ । त्यसैले पनि मधुमेहका बिरामीले कोदोको रोटी खानु राम्रो मानिन्छ । तर यसलाई सन्तुलित भोजनको रूपमा खानु पर्छ ।
बाजराको पिठो
बाजरा कोदोको एक प्रजाति हो । यसमा डाइटरी फाइबर उच्च मात्रामा हुन्छ । यसले रगतमा ग्लुकोजको अवशोषणलाई सुस्त बनाउँछ । यसले दोस्रो खालको मधुमेह विकासको जोखिम पनि न्यूनीकरण गर्छ ।
बाजरामा फोस्फोरस, आइरन, म्याग्नेसियम र भिटामिन बी जस्ता पोषक तत्त्व पाइन्छ । यसको ग्लाइसेमिक इन्डेक्स निकै कम हुन्छ । प्रोटिन पनि टन्नै पाइन्छ । यसले सुगर नियन्त्रणमा मद्दत मिल्छ । यसले तौल व्यवस्थापनमा पनि मद्दत गर्दछ । मधुमेहका रोगीका लागि बाजराको आँटाको रोटी निकै फाइदाजनक हुन्छ ।
ज्वारको पिठो
ज्वार पनि कोदोको एक प्रजाति हो । यो उष्ण प्रदेशीय क्षेत्रमा पाइन्छ । यसलाई सोर्घम पनि भनिन्छ । यसमा उच्च मात्रामा फाइबर पाइन्छ । फाइबर धेरै हुने भएकोले धेरै जसो मधुमेहका बिरामीले यसलाई भात वा गहुँको विकल्पका रूपमा पनि खान्छन् ।
यसमा हेल्थी फ्याट पाइन्छ । डाइरी फाइबर पनि प्रशस्तै पाइन्छ । यो प्रोटिन, एन्टी अक्सिडेन्ट र अन्य भिटामिन र मिनरलको पनि राम्रो स्रोत हो । यसमा ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ । यसले चिनीको स्तर नियन्त्रण गर्न मद्दत गर्दछ । यसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण