आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवाज–शहबाजको जितविरुद्धको याचिका खारेज

विपक्षमा बस्दै पीटीआई
मङ्गलबार, ०१ फागुन २०८०, ११ : ०३
मङ्गलबार, ०१ फागुन २०८०

इस्लामवाद । पाकिस्तानमा ८ जनवरीमा भएको आम निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएनन् । सरकार गठन गर्न दलले कम्तीमा पनि १३४ सिटमा जित्नु पर्थ्यो । तर त्रिशंकु संसद् बनेपछि दलहरुसमक्ष मिलिजुली सरकार बनाउने बाहेकको विकल्प छैन । तीन पटकका पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)ले सरकार गठनका लागि समीकरणको तयारी गरिरहेका छन् ।

पछिल्लो समय पाकिस्तानी सञ्चार माध्यमहरूमा छापिएका खबरहरूका अनुसार यी दुई दलले सत्ता बाँडफाँडको सूत्रमा विचार गरिरहेका छन् । यसअन्तर्गत ५ वर्षको कार्यकालमा शाहबाज शरीफ ३ वर्षका लागि वजीर–ए–आजम अर्थात प्रधानमन्त्री हुनेछन् । बाँधी २ वर्षका लागि बिलावल भुट्टो जरदारी प्रधानमन्त्री बन्ने सहमति भएको बताइएको छ ।

पाकिस्तानको राष्ट्रिय सभामा कुल ३३६ सिट छन् । जसमध्ये २६५ सिटमा निर्वाचन भएको थियो । एक सिटको निर्वाचन स्थगित भएको छ भने एक सिट एनए ८८ को नतिजा अस्वीकृत भएको छ । यहाँ फेब्रुअरी १५ मा फेरि मतदान हुँदै छ । बाँकी ७० सिट आरक्षित छन् ।

लाहौरको उच्च अदालतले चुनावमा धाँधलीसम्बन्धी १८ ओटा याचिका खारेज गरेको छ । नवाज शरिफ, शहबाज शरिफ, मरियम शरिफसहित पीएमएल–एनका कयौँ शीर्ष नेताहरूले चुनावमा धाँधली गरेको भन्दै याचिका दायर भएको थियो । यस मामिलामा निर्वाचन आयोगमा सम्पर्क गर्न आदेश दिइएको छ ।

एक दर्जन स्वतन्त्र उम्मेदवार पीएमएल–एनमा

पाकिस्तानको साम टिभीको रिपोर्ट अनुसार फेब्रुअरी ८ मा भएको निर्वाचनमा विजयी भएका करिब १२ जना निर्दलीय स्वतन्त्र उम्मेदवारहरु नवाज शरिफको पीएमएल–एन पार्टीमा सामेल भएका छन् । यीमध्ये केहीले राष्ट्रिय सभामा र केहीले पञ्जाबको प्रान्तीय निर्वाचनमा विजय हासिल गरेका थिए । पीएमएल–एनमा प्रवेश गर्ने नेताहरूमा सरदार खिजर खान मजारीको नाम पनि समावेश छ । इमरानको पार्टी पीटीआईको समर्थनमा स्वतन्त्र रूपमा चुनाव लडेका मजारीले राजनपुरबाट पीएमएल–एनका नेता सरदार मीर दोस्त मजारीविरुद्ध चुनाव लडेका थिए । यहाँ उनी करिब ३९ हजार मतले विजयी भएका थिए ।

गठबन्धन सरकारसम्बन्धी आफ्नो अनुभव राम्रो नभएको भन्दै पीटीआईका नेता लतिफ खोसाले पार्टी गठबन्धन सरकारमा नजाने बताएका छन् । आम निर्वाचनमा पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारहरुले बहुमत ल्याएको भए पनि सरकार बनाउने कसरतबाट आफूहरूलाई टाढा राखिएको उनले बताए । लोकतन्त्रको हिसाबले बहुमत भएको पार्टीलाई सबैभन्दा पहिलो सरकार बनाउनका लागि बोलाइने तर यस्तो नभएको पनि उनको भनाई छ । गठबन्धन सरकारको मामिलामा अनुभव राम्रो नभएकोले आफूहरू विपक्षमा बस्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप