दोस्रो टेस्ट क्रिकेट : बलिङमा रचिन रवीन्द्र चम्किएपछि दबाबमा दक्षिण अफ्रिकी ब्याट्सम्यान
काठमाडौँ । न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाका ब्याट्सम्यानले खासै गतिलो प्रदर्शन गर्न सकेका छैनन् । खेलको प्रारम्भदेखि नै दक्षिण अफ्रिकी ब्याट्सम्यान किविज टोलीका बलरको दबाब झेल्न बाध्य देखिएका छन् ।
पहिलो दिन मंगलबारको खेल सकिँदासम्म दक्षिण अफ्रिकाले ८९ ओभरमा ६ विकेट गुमाएर दुई सय २० रनमात्र बनाउन सकेको छ । पहिलो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाका लागि रुन डी स्वार्ट अविजित ५५ र सन भन बर्ग अविजित ३४ रन बनाउँदै क्रिजमा सङ्घर्षरत छन् ।
स्वार्टले एक सय ३५ बलको सामना गरी नौ चौका तथा सन भन बर्गले ८२ बलको सामना गरी ६ चौका हिर्काएका छन् । टोलीको कुल स्कोर ५० रन पुग्नुअघि नै दक्षिण अफ्रिकाले दुई विकेट गुमाइसकेको थियो ।
कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान निल ब्रान्ड २५ रनमा पेभेलियन फर्किएका थिए । रेनर्ड भान टोन्डरले ३२ रन बनाए । जुबेर हमजा पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् । डेभिड बेडिङ्घम पनि टोलीको खातामा ३९ रन थपेका थिए ।
घरेलु टोली न्युजिल्यान्डका बलर रचिन रवीन्द्र एक्लैले तीन विकेट लिए । उनले २१ ओभरमा आठ मेडन राख्दै केवल ३३ रन खर्चिए । निल वाग्नर, विलियम ओ’रुर्क र म्याट हेनरीले पनि एक–एक विकेट हात पारे ।
दोस्रो टेस्ट ह्यामिल्टनमा खेलिँदै छ । दक्षिण अफ्रिकाले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो । यसअघि खेलिएको पहिलो टेस्टमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई दुई सय ८१ रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण