लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरे ज्ञानेन्द्र मल्ल र शक्ति गौचनले
मङ्गलबार, ०१ फागुन २०८०, १२ : ११
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आफ्नो समयका प्रभावशाली खेलाडी शक्ति गौचनसहित तीन जनाले आईसीसी लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरेका छन् ।
ज्ञानेन्द्र र शक्तिसँगै रिजन पराजुलीले पनि आईसीसी लेभल–२ कोचिङ कोर्स उत्तीर्ण गरेको नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । रिजन गण्डकी प्रदेशका प्रमुख प्रशिक्षक हुन् । तीनैजनाले सिंगापुरबाट आईसीसी लेभल–२ कोचिङ कोर्स पूरा गरेका हुन् ।
पूर्वकप्तान ज्ञानेन्द्रले सबैभन्दा माथि रहेर आईसीसी लेभल–२ कोचिङ कोर्स पूरा गरेका हुन् । आईसीसी लेभल–२ कोचिङ कोर्सको अन्तिम नतिजामा शक्ति दोस्रो र रिजन तेस्रो स्थानमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण