सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवस होः गृहमन्त्री श्रेष्ठ

मङ्गलबार, ०१ फागुन २०८०, १३ : २३
मङ्गलबार, ०१ फागुन २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अदालतले बिदा नदिए पनि आजको दिन ऐतिहासिक जनयुद्ध दिवसका रुपमा मनाइने बताएका छन् । 

मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनका क्रममा आयोजित जनयुद्ध दिवस विशेष समारोहमा सम्बोधन गर्दै उनले यस वर्षको लागि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि अदालतले अहिले जनयुद्ध दिवसमा बिदा दिनु उपयुक्त नहुने भन्दै त्यसलाई खारेज गर्दा अदालतको निर्णयलाई पालना गरेर जानु आफ्नो कर्तव्य भएको बताए । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका श्रेष्ठले शान्ति प्रक्रियालाई पार गरिसकेपछि सरकारले अर्को निर्णय गरेर जनयुद्ध दिवसलाई सरकारी तर्फबाट नै औपचारिक रुपमा मनाउने स्थिति आउन सक्ने बताए । 

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले अहिलेको उपलब्धिको रक्षा गर्नु आफूहरुको प्रमुख कार्यभार रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप