मनमोहन स्मृति यू-१६ राष्ट्रिय क्रिकेट : मधेस प्रदेशले १२ रनले हरायो लुम्बिनी प्रदेशलाई
काठमाडौँ । मनमोहन स्मृति यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार पोखरा रंगशालामा खेलिएको खेलमा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई १२ रनले हराएको छ ।
पोखरा रंगशालामा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेस प्रदेशले निर्धारित २५ ओभरमा सबै विकेट गुमाएर एक सय २८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले २३.३ ओभरमा अलआउट हुनुअघि एक सय १६ रनमात्र बनाउन सक्यो ।
पहिले ब्याटिङ गरेको मधेस प्रदेशका लागि परिमार्जन यादवले २८ रनको योगदान गरे । उनले ४० बलमा तीन चौका पनि हिर्काए । वसिम अली मन्सुरीले पनि टोलीको खातामा २३ रन थपे । उनले २२ बलमा चार चौका प्रहार गरे ।
जेनिस मुखियाले १६ रन जोडे । चन्दन राम र रोहन यादवले १२-१२ रन बनाए । अभय यादवले ११ र राहुल हक अन्सारीले १० रन बटुले । मधेस प्रदेशले अतिरिक्त रूपमा पनि १४ रन पायो । लुम्बिनी प्रदेशका बलर लक्ष्मण कुमाल, शुभम खनाल र भुवन शाहीले दुई-दुई विकेट लिए । सागर गैरे र करण जीएमले पनि एक-एक विकेट हात पारे ।
जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशका लागि रिसव बेलबासे सर्वाधिक २४ रन बनाए । उनले २१ बलमा दुई छक्का र एक चौका पनि हिर्काए । ओपनर रौनक श्रीवास्तवले २३ रन जोडे । उनले ३५ बलमा एक छक्का र तीन चौका प्रहार गरे ।
आरिफ खानले १५ रन बनाए । लुम्बिनी प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्कमा रन बनाउन सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रूपमा १८ रन पायो । मधेस प्रदेशका बलर मेराज आलमले तीन विकेट लिए । रोहन यादवले पनि दुई विकेट हात पारे । चन्दन रामले एक विकेट लिए । उक्त खेलमा मधेस प्रदेशका रोहन यादव प्लेयर अफ दी म्याच घोषित भए ।
प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजना हुँदै आएको छ । मनहोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजना तथा नेपाल क्रिकेट संघ (क्यान) को समन्वयमा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको तेस्रो संस्करणमा सातवटै प्रदेशको एक-एक टोलीका अतिरिक्त आयोजकको एक टोलीले पनि सहभागिता रहेको छ । प्रतियोगिता प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका टोली तथा समूह ‘बी’ मा मधेस, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र आयोजकको टोली रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल आइतबार गण्डकी र कर्णाली प्रदेशबिच भएको थियो । उद्घाटन खेलमा गण्डकी प्रदेश विजयी भएको थियो ।
यो प्रतियोगिता क्यानको वार्षिक क्यालेन्डरमा परेको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख रुपैयाँ नगद पुरस्कारसँगै ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल, खेल सामाग्री र प्रमाणपत्र पाउने छ ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पनि खेल सामाग्रीसहित नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण